You are viewing the translated version of सूचना तथा सञ्चार प्रविधि उद्योग.
Section 6
सूचना तथा सञ्चार प्रविधि उद्योग
१२.६.१ सूचना प्रविधि पार्कमा लगानी प्रोत्साहन गर्न विशेष कार्यत्रम बनाई लागू गरिनेछ । यसै सन्दर्भमा उक्त पार्कमा शुरुवाती (startup) लगायत इन्क्युवेटर परियोजना (Incubator Project) समेत आर्कषित गरीने छ ।
१२.६.२ सन् २०१६ सम्ममा नेपालमा सूचना तथा सञ्चार प्रविधि उद्योग एवं व्यवसायको विद्यमान अवस्था, प्रतिस्पर्धी क्षमता लगायतका विविध आयामहरु समेटी एक विस्तृत अध्ययन गरिनेछ ।
१२.६.३. स्थानीय सूचना तथा सञ्चार प्रविधिजन्य उद्योग तथा सेवाहरु प्रवर्द्धन गर्न विशेष कर प्रणाली तथा आर्थिक प्रोत्साहनका विविध उपायहरु अवलम्वन गरिनेछ ।
१२.६.४ नवीनतम विषयवस्तु तथा सेवाहरुको विकासलाई प्रवर्द्धन गरिनेछ ।
१२.६.५ विश्वविद्यालय, सूचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित शिक्षण संस्था, व्यवसायीक तथा वित्तिय संस्थाहरुसंगको समेत सहकार्यमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा Incubator Program लगायत उद्यमशीलता प्रवर्दन गर्ने विशेष कार्यत्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।
१२.६.६ अन्तरराष्ट्रिय रुपमा प्रतिस्पर्धी सूचना तथा सञ्चार प्रविधिजन्य वस्तु तथा सेवाहरु विकसित गर्न निजीक्षेत्रसंग समेतको सहकार्यमा अन्तराष्ट्रिय मापदण्ड तथा सर्वोत्तम अभ्यासहरुको (Best Practices) प्रयोगलाई प्रोत्साहन गरिनेछ ।